टोकियो
जापानको टोकियोमा विगत १३ बर्ष देखि कामको सिलसिलमा रहेको राम प्रसाद राई गाउपालिका भोजपुर घर भएका दिवश राईको मृत्यु भएको छ ।
श्रीमती सहित टोकियोको सुगिनामी वार्डमा बस्ने राई आफ्नै कोठमा मृत अवस्थामा भेटिएका थिए ।
कामबाट फर्किएका श्रीमति कोठामा आउदा राई लडिरहेको अवस्था भेटिएका थिए । श्रीमती र छिमेकीले प्रहरीलाई खबरगरी राईलाई हस्पिटल पुर्याउदा राईको मृत्यु भएको डाक्टरले परिवारलाई बताएको थियो ।
राईको मृत्युको कारण पोष्टमार्टम पछि प्रष्ट हुने बताईएको छ ।
कामदार भिषामा रहेका राई केहि महिना एता काम छाडेर बसेको बुझिएको छ । राईको एक छोरी नेपालमा रहेको र परिवारको आग्रहमा राई परिवारलाई सहयोग उपलब्ध गरिने जनजाती महासंघ जापानका अध्यक्ष संजिव राईले निष्पक्ष न्यूजलाई जानकारी दिनुभयो ।