कांग्रेस नेता रामचन्द्र पौडेललाई जापान सरकारले’अर्डर अफ राइजिङ सन’ बाट सम्मान गर्ने

टोकियो

जापान सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राजकीय सम्मान गर्ने भएको छ ।

जापानको आधुनिक प्रगतिको जग बसालेका सम्राट मेइजीले स्थापना गरेको राजकीय सम्मान ‘अर्डर अफ राइजिङ सन’ बाट पौडेल सम्मानीत हुन लागेका हुन्।

सचिवालयले बिहीबार दिउँसो ३ बजे जापानी राजदूतको निवासमा पौडेललाई सम्मानीत गर्ने कार्यक्रम रहेको जनाएको छ।

विशिष्ट व्यक्तित्वहरुलाई वर्षको २ पटक दिइने यो सम्मानबाट थोरै विदेशीहरु पर्ने गर्छन्। 

जापान सरकारले पौडेल र माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई अढाई वर्ष अघि सम्मान गर्ने घोषणा गरेको थियो। 

पौडेललाई पूर्व सभामुखको हैसियत र सुदृढ जापान–नेपाल सम्बन्धका लागि कदर गरिएको बताइएको छ। 

नेता पौडेल सम्मानीत हुन लागेपछि अर्थविद् डा‍ स्वर्णीम वाग्लेले भनेका छन्, ‘जापानको आधुनिक प्रगतिको जग सम्राट मेइजिले हालेका हुन्। उनै सम्राटले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ राइजिङ सन’ आज रामचन्द्र पौडेलले ग्रहण गर्ने हुनुभएकोमा हार्दिक बधाई।’

ताजा समाचार