उच्च रक्तचापका कारण जापानमा मृत्यु भएका २७ बर्षिय नवराज वाग्लेको अन्तेष्टी सम्पन्न 

टोकियो

उच्च रक्तचापको कारण जापानको नागोयामा मृत्यु भएका २७ बर्षिय नवराज वाग्लेको मंगलबार जापानको नागोयामा अन्तेष्टी सम्पन्नभएको छ ।

भाषा विद्यार्थीको भिषामा आज भन्दा ६ महिना अधि जापान आएका नुवाकोटका नवराज वाग्लेको गत आईतबार राति सुतेकै अवस्थामामृत्यु हुन पुगेको थियो ।

नवराज वाग्लेका भाई पनि नागोयामा भएका कारण परिवारसगको सल्लाहमा जापानमा नै अन्तेष्टी गर्ने निर्णयसगै नवराज वाग्लेलेअध्ययन गर्ने विद्यालय, एनआरएन नागोया एवं नागोयामा क्रियासिल संघ सस्थाको उपस्थितीमा अन्तेष्टी सम्पन्न भएको एनआरएनआईसिसि सदस्य दिपक कार्कीले जानकारी दिनुभयो । 

आईतबार राति काम सकेर सबै सगै सुतेका नवराजलाई काम जान उठाउदा नउठे पछि एम्बुलेन्सलाई जानकारी गएका थिए, नवराजलाईहस्पिटल लगिए पनि डाक्टरहरुले उनलाई मृत घोषित गरेका थिए । 

विद्यार्थी भिषामा आएको मात्रै ६ महिना भएको अवस्थामा मृत्यु भएपछि नवराजलाई अन्तिम कार्यका लागि जापानवासीको आर्थिकसहयोगमा अन्तेष्टी गरिएको परिवारले जनाएको छ ।

एनआरएन नागोया क्षेत्रिय संयोजक मनोज बम मल्लले दिएको जानकारी अनुसार नागोया क्षेत्रिय समितिबाट २ लाख ४४ हजार येन तथा बिभिन्न कलेजमा अध्यनरत विद्यार्थीबाट ३ लाख ४० हजार ३५० येन मृतकका भाई जयराम वाग्ले लाई हस्तांतरण गरिएको बताउनु भयो ।

गएको महिना नागोयामा नै पोखराका सन्तोष खडकाको उच्चरक्त चापका कारण मृत्यु हुन पुगेको थियो ।

ताजा समाचार