ब्लडप्रेशरका कारण २७ बर्षको उमेरमा मृत्यु भएका नवराज वाग्लेको अन्तेष्टी जापानमा नै गरिने,सहयोगको अपिल

टोकियो

जापानको नागोयामा आज भन्दा ६ महिना अघि जापानिज भाषा विद्यार्थीका रुपमा जापान आएका नुवाकोटका नवराज वाग्लेको सुतेकै अवस्थामा भएको मृत्यु ब्लड प्रेशर हिटका कारण भएको पोष्टमार्टम रिपोर्टमा जनाएको छ ।

एनआरएन आईसिसि सदस्य दिपक कार्कीले दिएको जानकारी अनुसार रातिकामबाट आई खाना खाएर साथिहरु सगै सुतेका वाग्ले विहान नउठेपछि उठाउदा सुतेको अवस्थामा नै मृत्यु हुन पुगेको थियो ।

शनिबार राति नागोया प्रहरीको रोहबरमा सम्पन्न पोष्टमार्टम रिपोर्टमा वाग्लेलाई राति सुतेको अवस्थामा नै प्रेशर हिट भएको एवं समयमा थाहा हुन नसत्दा सुतेको अवस्थामा मृत्यु हुन पुगेको रिपोर्ट आएको कार्कीले निष्पक्ष न्यूजलाई जानकारी दिनुभयो ।

नेपाल नुवाकोट जिल्ला वेलकोट गाउपालिका १२ मदनपुर घर भएका वाग्लेका भाई पनि जापानमा नै बस्ने गर्दछन ।

आईसिसि सदस्य कार्कीका अनुसार मृतक वाग्लेको पार्थिव शरिरलाई सोमबार नागोया मिनातो कुमा अन्तेष्टी गरिने भएको छ। वाग्लेको अन्तेष्टीका लागि जापानबासी नेपालीलाई सहयोगका लागि अपिल गरिएको छ ।

सहयोग गर्न चाहानेले जेपि बैङको यो नम्बरमा पठाउन सक्नुहुनेछ ।

ताजा समाचार