जापानमा कोरोना संक्रमण बढ्ने क्रमजारी,लगातार चौथो दिन पनि टोकियोमा १० हजार पार

टोकियो

जापानको राजधानि टोकियोमा लगातार चौथो दिन पनि १० माथिलाई कोरोना संक्रमण भएको एनएचके अनलाईने जनाएको छ ।

नोभेम्बरको तेश्रो हप्ताबाट संक्रमण बढ्न शुरु गरेको जापानमा विहाबारबाट लगातार टोकियोमा १० हजार माथि प्रत्येक दिन कोरोना संक्रमण देखिएको छ ।

जापान सरकारले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सबै अस्पातल र पूर्वतयारीहरु तयारी अवस्थामा सबै तयारी रहेको जनाएको छ । पछिल्लो तिन दिन टोकियोमा १४ हजार माथि संक्रमण देखिएकोमा आईतबार बिदाको दिनमा पनि १० हजार ४ सय ५४ जनामा कोरोना संक्रमण एवं १६ जनाको मृ्त्यु भएको जानकारी दिईएको छ। यो गएको हप्ता भन्दा १ सय ८ जनाले बढी रहेको जनाएको छ ।

सबै भन्दा बढी जनसख्या रहेको टोकियो सहित अन्य शहरहरुमा कोरोना बढ्दा जापान भरीको सख्यामा पनि यो हप्ता कोरोना संक्रमण बढेको तथ्याङकहरु बाहिरा आएको छ ।

ताजा समाचार