नेपालीहरुलाई लक्षित गर्दै टोकियोमा निशुल्क एचआईभी परिक्षण गरिने

टोकियो

जापानमा काम अध्ययन र रोजगारीका लागि नेपालीहरु बढेसगै जापानमा क्रियासिल डाक्टरहरुको समुहले नेपालीहरुलाई लक्षितगरी टोकियोमा निशुल्क एचआईभी परिक्षण गर्ने जनाएको छ ।

कुनै समय संसार भर स्वास्थ्यको क्षेत्रमा ठुलो समस्याका रुपमा देख परेको एचआईभीको चर्चा र प्रभाव कम भएको जस्तो भएपनि जापानमा बस्ने नेपालीहरुको अवस्था एवं एचआईभीले गरेको प्रभावका बारेमा रिसर्च एवं उपचारमा सहयोग पुर्याउने उदेष्यले यो अभियान शुरु गरिएको पब्लिक हेल्थमा रिसर्च गरिरहेका सामाजिक कार्यकर्ता एलिजा केसीले जानकारी दिनुभयो ।

डिसिम्बर १० तारिक टोकियोको सिबुयामा निशुल्क परिक्षण हुने छ भने ११ महिनाको २७ तारिकबाट नाम दर्ता गर्न सकिने बताईएको छ ।

सहभागि हुन चाहाने ब्यक्तिहरुको परिचय गोप्य राखिने एवं एचआईभीबाट हुने समस्याहरुको निदानका लागि यो परिक्षण अभियान शुरु गरिएको जानकारी दिदै कुनै पनि ब्यक्ति यो अभियानबाट सहयोग लिन अनुरोध गरिएको छ ।

सहभागिताको यहांबाट लिन सक्नुहुनेछ ।

ताजा समाचार