टोकियो
पर्यटकिय नगरका रुपमा परिचय बनाएको कास्की पोखरा समाज जापानको डिसेम्बर १८ तारिक टोकियोमा पांचौ अधिवेशन हुने भएको छ।
जापानमा रहेका सक्रिय सस्था मध्येको एक कास्की पोखरा समाज जापानको पांचौ अधिवेशनले २ बर्षका लागी नयां नेतृत्व चयन गर्ने एवं अधिवेशनको सबै तयारी पुरा भएको अध्यक्ष विस्व सुवेदीले जानकारी दिनुभयो ।
डिसेम्बर १८ तारिक हुने अधिवेसनका लागि विकास पौडेलको संयोजकत्वमा जेपि पन्डित, शिव पौडेल, विकास श्रेष्ठ र मोहन पौडेल रहेको निर्वाचन समिति बनाएको प्रवक्ता दिपक सुनारले जानकारी दिनुभयो ।
कास्की पोखरा समाज जापानले जापानमा बसोबास गर्ने सबै कास्केलीहरुलाई अधिवेशनमा सहभागि भईदिन अनुरोध पनि गरेकोछ ।