निर्वाचन पर्यवेक्षणका लागि नेपाल गएका जापानी मन्त्रीले गरे निर्वाचन आयुक्त थपलियासँग शिष्टाचार भेट

काठमाडौँ — प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको निर्वाचन आयोगले जनाएको छ। राज्यमन्त्री ताकेइले नेपालमा मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रक्रियाको प्रशंसा गरेका थिए । यस्तै प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरे ।

यस अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू तथा नेपालका लागि जापानका राजदूत किकुता युताकासहितको उपस्थिति रहेको थियो ।

निर्वाचन आयोगले सञ्चालन गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अवलोकनका लागि जापान, रुस, भारत लगायत देशबाट पर्यवेक्षक टोली आएको थियो ।

ताजा समाचार