जापानमा एक हप्ता भित्र मृत्यु भएका प्रविन नेपाल र गिता कडेल(पार्वती)को जापानमा नै अन्तेष्टी सम्पन्न।

टोकियो

नोमेम्बर महिनाको दोश्रो हप्ता जापानमा बस्ने नेपालीलाई अत्यास लाग्ने समाचार बाहिरीदा नुवाकोटका १७ बर्षिय प्रविन नेपाल र तनहु दमौली शिसाघाटका गिता कडेल चापागाई पार्वती) ले आफ्नो मृत्यु आफै रोजेका छन ।

बिद्यार्थी भिषामा दुई महिना अघि टोकियो आईपुगेका नुवाकोटका प्रविन दुई दिन पछि स्कुलले संचालन गरेको होस्टेलमा मृत भेटिएका थिए भने श्रीमान सहित साईतामा फुजिमी बस्ने ३० बर्षिय गिता कडेल(पार्वती) पनि आफ्नो मृत्यु आफै रोजेको अवस्थामा मृत भेटिएका थिए ।

नेपालका साथि एवं स्कुलका शिक्षकका अनुसार प्रविन सानो उमेर नै जापान आउदा एकोहोरिएको अवस्थामा पुगेको हुन सक्ने बताईएको छ । दुई दिन सम्म स्कुल नगएपछि कोठामा खोज्न आउदा मृत अवस्थामा भेटिएका प्रविनको गएको शुक्रबार नुवाकोट समाज जापान एवं एनआरएन जापानका उपाध्यक्ष संगिता अधिकारीको संयोजकत्वमा सहयोग समिति बनाई टोकियोमा नै अन्तेष्टी सम्पन्न भएको छ ।

प्रविन अध्ययन गर्ने जापानिज भाषा विद्यालयको सहयोग एवं जापानका समाजसेवीहरुको सहयोगमा अन्तेष्टीमा लाग्ने रकम संकलनगरी अन्तेष्टी सम्पन्न भएको सहयोग समितिका अधिकारीले निष्पक्ष नयूजलाई जानकारी दिए, अधिकारीका अनुसार भाषा विद्यालयले प्रविनका परिवारलाई करिब ४ लाख रुपैया दिने सहमति पनि भएको र उक्त रकम छिट्टै नेपाल परिवारलाई पठाईने बताईन ।

एता टोकियोसग जोडिएको साईतामा प्रान्तमा मृत्यु भएका गिता कडेल(पार्वती)को सोमबार घर परिवार जापानमा रहेका माईती एवं तनहु समाज जापानका पदाधिकारीको उपस्थितीमा अन्तेष्टी सम्पन्न भएको तनहु समाज जापानका संरक्षक राजेन्द्र जम्मरकट्टेलले निष्पक्ष न्यूजलाई जानकारी दिए ।

साईतामा केनमा बिगत ७ बर्ष देखि श्रीमानका डिपेन्डेन्ट भिषामा बसिरहेका पार्वतीको नेपालमा ११ बर्ष र ५ बर्षका दुई छोराहरु रहेको बुझिएको छ ।

पार्वती केहि महिना देखि डिप्रेशनको उपचार गराई रहेको पारिवारीक श्रोतले जानकारी दिएका छन ।

जापानमा ३० बर्षिय गिता,१७ बर्षका प्रविन सहित त्यहि साता गुन्मा केन ईसासाकीमा बुटुवल घर भएका लक्ष्मी अधिकारी बस्नेको हत्या हुन पुगेको छ ।

लक्ष्मी अधिकारी बस्नेतका हत्यारा आरोपी विस्वराज आचार्यलाई प्रहरी प्रक्राउ गरि सोधपुछजारी रहेको छ । हत्या गर्नुको कारण अझै प्रष्ट हुन सकेको छैन ।

ताजा समाचार