जापानको गुन्मा प्रान्तमा लक्ष्मी अधिकारी बस्नेत नाम गरेका नेपालीको छुरा हानि हत्या, हत्यारा नेपाली भएको आशंका,हत्याराको खोजी जारी

टोकियो

जापानको गुन्मा प्रान्तको ईसासाकी शहरमा बस्ने ४२ बर्षिय लक्ष्मी अधिकारी बस्नेतको छुरा हानि हत्या भएको छ ।

बुधबार राति ११: ३० बजे ईसासाकि शहरमा, अधिकारी बस्ने अपार्टमेन्टमा एक पुरुष रगतले लतपत भएको धारिलो हतियार चक्कु सहित भागेको देखेका छिमिकीले प्रहरीलाई खबर गरेको जापानिज समाचार याहुले जनाएको छ ।

हत्यारा नेपाली भएको बताईएको छ । विहिबार साझ सम्म पनि हत्याराको बारेमा प्रहरीले कुनै जानकारी दिएको छैन ।

श्रीमान कुक भिषामा भएको बुझिएको छ । हत्यारा श्रीमानको साथि भएको बताईएको छ ।

बुधबार राति ११:३० बजे हत्यारा कसरी अधिकारीको कोठामा गए ? यसका बारेमा केहि जानकारी दिईएको छैन ।

श्रीमानलाई प्रहरीले सोधपुछका लागि लगिएको बुझिएको छ ।

हत्या भएपछि छिमिकीले प्रहरीलाई खबरगरी अधिकारीको कोठामा जादा अधिकारीको शरीरका विभिन्न स्थानमा छुरा प्रहारगरी वेहोसि अवस्थामा हस्पिटल लगिएपनि बचाउन नसकिएको समाचार छ ।

प्रहरीले हत्याराको खोजि सहित नेपालमा अधिकारीको परिवारमा जानकारी दिएको बताईएको छ।

ताजा समाचार