नेपाल नुवाकोट घर भएको एक नेपाली युवा टोकियोमा आफ्नो कोठामा मृत भेटिए

टोकियो

जापानिज भाषा अध्ययनका लागि जापान आएका नेपाल नुवाकोट घर भएका नेपाल थरका युवा आफ्नै कोठामा मृत भेटिएका छन ।

केहि दिन दिने देखि निराश देखिएका प्रविन नेपाल नाम गरेका नेपाली विद्यार्थी, दुई दिन देखि विद्यालय नगए पछि स्कुलले खोज तलास गर्दा टोकियो रियोगाको स्थित आफ्नै कोठामा मृत भेटिएको छन ।

मृतकको मृत्युको प्रकृती हेर्दा आफ्नो मृत्यु आफै रोजेको देखिएको बताईएको छ ।

मृतक नेपालको शवलाई हस्पिटलमा राखिएको छ भने शनिबार जापानमा रहेको केहि सामाजिक संघ सस्थाका नेपालीहरुलाई छलफलका लागि हस्पिटल बोलाईएको जानकारी छ ।

के कारणले नेपालले मृत्यु रोजे त्यसको कारण प्रष्ट भएको छैन ।उनी भाषा विद्यार्थीका रुपमा जापान आईपुगेका थिए ।

ताजा समाचार