टोकियो
जापानमा बस्ने घान्द्रुकेहरुको साझा सस्था ब्रेज मेश्रो घान्द्रुक समाज जापानको दोश्रो अधिबेशनबाट विजय गुरुङको अध्यक्षमा नयां कार्यसमिति चयन भएको छ ।
अक्टुबर १६ तारिक याको स्थित साकुरा पार्कमा समाजको संरक्षक बुद्धी गुरुङको अध्यक्षतामा बसेको भेलाले समाजका उपध्याक्ष बिजय गुरुङको नेतृत्वमा नयाँ कार्य समिती (२०२२- २०२४)चयन गरिएको हो ।
त्यसैगरी उपाध्यक्ष अनिल गुरुङ, कृष्णमान गुरुङ, महासचिबमा युक्तमान गुरुङ. सचिब पुषकल गुरुङ, सह-सचिब- हरी प्रसाद गुरुङ कोषध्याक्ष राम गुरुङ सह-कोषध्याक्ष वीर बहादुर गुरुङ महिला संयोजक- नबिना गुरुङ आर्थिक संयोजकद्दय राजु गुरुङ/ राजु गुरुङ, सांस्कृतिक संयोजक- याम गुरुङ युवा संयोजक बिजु गुरुङ सदस्यहरु:- कुमार गुरुङ, रविन गुरुङ, प्रबेश गुरुङ, दिपेश गुरुङ, खुशीमान गुरुङ, दिनेशमान गुरुङ, चन्द्रमान गुरुङ, कृष्ण गुरुङ, प्रबिण गुरुङ, र सुनिल गुरुङ चयन भएका छन ।
सन २०१४ मा स्थापना भएको यो सस्थाले बिगतका दिनहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरी सकेको छ जसमध्ये ब्रेज मेश्रो घान्द्रुक साँझ कार्यक्रम सफल रुपमा सम्पन्न गरी बिभिन्न ठाउँमा भौतिक आर्थिक सहयोगहरु गर्दै आई रहेको छ । जापानमा सक्रिय रहेको यो समाज निवर्तमान अध्यक्ष राम गुरुङ (रामु) को असामयिक् निधन तथा बिश्वब्यापी रुपमा फैलिएको कोभिड-19 कोरोना कहर र बिबिध कारणहरुले गर्द अधिबेशन हुन सकेको थिएन ।
समाजका पुर्व अध्यक्ष तथा संरक्षक बुद्दी गुरुङ र महिला संयोजक नबिना गुरुङले गत शनिबार कावासाकि स्थित मामा घर रेस्टुरेन्टमा दसैं तिहारको शुभकामना भेटघाट सहित नयाँ निर्बाचित कार्यसमितीलाई बधाई सहित सम्मान गरिएको थियो भने नेपालबाट जापान आएको नयाँ सद्स्यहरुलाई पनि स्वागत गरिएको महासचिव युक्तमान गुरुङले जानकारी दिनुभयो ।