टोकियो
जापानको टोकियो स्थित सिन्जुकु वार्डको मुख्य बजार एरिया सिन्जुकु अल्टा एवं खावुकिचो एरियामा आचार्य थरका एक नेपाली ब्यवरीसे अवस्थामा भेटिएका छन ।
नेपाल कास्की पोखरा घर बताउने करिब ४०-४५ बर्ष का आचार्यले काम खोज्दै जापानको कोचि प्रान्तबाट काम लगाईदिने नेपाली खोज्दै टोकियोको सिन्जुकु आईपुगेको बताएका छन ।
कोरोनाका कारण काम छुटेको एवं नेपाल गएको श्रीमती पनि नेपालमा नै अडकिएको बताएका आचार्यले टोकियोको सिन्जुकुमा नेपालीहरु धेरै बस्छन रे त्यहि भएर कोहि न कोहि नेपाली भेटिन्छन र काम पाउछु की भनेर आएको बताए ।
आचार्य करिब ७ सय किलोमिटर सडक हुदै टोकियो त आए आउदा भएको पैसा पनि सकियो कुनै नेपाली नभेटदा ब्यवरीसे बन्न पुगेको बताएका छन ।
सिन्जुकु अल्टा नजिक कम्बल र ढाका टोपि लगाएका ब्यक्ति देखेपछि के कारणले यस्तो अवस्थामा नेपाली पुगेका हो र सहयोग गरिदिन अनुरोध गर्दै निष्पक्ष न्यूजलाई जानकारी दिएका थिए ।(जानकारी दिनेका नाम गोप्य) उनले उद्दारका लागि सहयोग गरिदिन भिडियो सहित जानकारी गराएका थिए । अहिले आचार्यको उद्दारको काम शुरु भएको छ ।
यसैविच कास्की पोखरा समाज जापानका अध्यक्ष विश्व सुवेदीले आचार्यलाई आवस्यक पर्ने सबै सहयोग गरिने जानकारी दिएका छन ।