टोकियोको सिबुया शहरमा हलोईन फेष्टिवल हुने  

टोकियो

कोरोनाका कारण रोकिएको हलोईन फेष्टिवल जापानको सिबुयामा यस बर्ष हुने भएको छ ।

अक्टोबर महिनाको ३१ तारिकमा हुने हलोईनको तयारी शुरु भएको छ भने मेट्रोपोलिटन पुलिस विभागले टोकियोमा २९ तारिखदेखि नै सुरक्षा सतर्कता बढाउने जानकारी दिएको छ ।

संसारभरीका चाखलाग्दा नक्कलगरीएका मान्छे, डरलाग्दो मेकअपल बनेका आकृतीका भेषभुषा सहित ठुलो मात्रमा युवा एवं सहभागि हुने टोकियोको हलोईनमा के के नयां प्रस्तुती हुने धेरैले अनुमान गर्दै सहभागि हुने हो कौतुहलता बढेको छ ।

हजारौ सख्यामा सहभागि हुने टोकियोको हलोईनमा लामो समय पछि आयोजना हुने भन्दै सहभागि धेरै हुन सक्ने बताईएको छ । हलोईनको समयामा हुन सक्ने सम्भावित समस्याको तयारीका लागि मुख्य शहरहरुमा दंगा प्रहरी खटाइनेछ ।

हरेक वर्ष, टोकियोको शिबुया अक्टोबर ३१ मा हलोवीनमा युवा एवं विदेशीहरू सहित धेरै मानिसहरू सहभागि हुने अपेक्षा गरिएको छ ।

यो वर्ष जापानले अध्यागमन प्रतिबन्ध खुकुलो गरेको कारण सहभागिको संख्या बढ्ने अनुमान गरिएको भन्दै भीडभाड हुने सम्भावना क्षेत्रहरुमा महानगरीय प्रहरी विभागले २९ तारिख रातिदेखि नै शिबुया स्टेसन वरपर सतर्कता बढाइने जनाएको छ ।

उक्त दिन भिडभाड बढेमा पैदल यात्रुहरूलाई मार्गनिर्देशन गर्न “DJ पुलिस” नामक जनसम्पर्क टोली पठाइनेछ, र वरपरका सडकहरू नियमन गर्ने र पैदलयात्रीहरूका लागि सहायाता दिने योजना सहितको प्रहरीले सहयोग गर्ने बताईएको छ ।

ताजा समाचार