नेपाली समाज जापानको आयोजनमा नेपाली पर्वहरुको उपलक्ष्यमा शुभकामना कार्यक्रम टोकियोमा सम्पन्न 

टोकियो

जनता समाजवादी पार्टी, नेपाल (जसपा) को प्रवास समिती नेपाली समाज जापानले दीपावली, छठ पर्व र ११४३ औं नेपाल सम्वतको अवसरमा टोकियोमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा जापानका लागि नेपाली राजदूत महामहिम डा दुर्गा बहादुर सुवेदी रहनुभएको थियो ।

सामाजिक सेवा, खोजअनुसन्धान, यूवा उधमी, जुझारु तथा संघर्सशील महिला र पत्रकारीता गरी ५ वटा विधामा जम्मा १७  जनाब्यक्तित्वहरुलाइ सम्मान गरेको थियो ।

सम्मानित हुनेहरुमा सामाजिक सेवा बिधामा एनआरएन अन्तरराष्ट्रिय समन्वय                

परिषद उप महासचिव  अजिव गुरुङ  (ओम )एनआरएन एसिया प्यासिफिकका  उपसंयोजक सन्योजक ददिवल खड्का ,किरातयाकथुङ चुम्लुङ जापानका  पुर्व कावा विजया सुब्बा , शेर्पा किदुक जापानका अध्यक्ष नीमा लामा ,नेपाल आदिवासी जनजाति महासंघजापानका अध्यक्ष संजीव चाम्लिङ राई ,यूमी नेपाल को कार्यकारी निर्देशक  शरद राइ,पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानकाअध्यक्ष अमित गौतम ,खोजअनुसन्धान  तर्फ  जापानी नागरिक युको ओकामोतो ,यूवा उधमी तर्फ नेपाली व्यवसायी संघ जापानकाअध्यक्ष बिजय थकाली र कृषि ब्यबसायी तथा  ओलम्पिक लाइट रिले रनर कान्छा लामा ,जुझारु तथा संघर्सशील महिला  तर्फएनआरुएन जापानका सरक्षक अनिता गुरुङ गलकोट समाज जापानका अध्यक्ष कालिका थापा ,स्वास्थ्य कर्मी एबम माचुदो सिटीएम्बेस्टअर सुशील राई, पत्रकारीता  तर्फ नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, कोषाध्यक्ष तथा नेपाल जापान डटकमका सम्पादक आनन्दकोइराला, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज )जापानका अध्यक्ष फुर्वा शेर्पा, द एईट पिक सम्पादक  सजिना मोक्तानरहेका छन ।

देश निर्माण कार्यमा देश-विदेश जहाँ रहे पनि सबै नागरिकहरुको जिम्मेदारी बराबर भएको हुँदा जापानबाट देश र समाजलाई माया गर्नुहुने ब्यक्यित्वहरुलाई सम्मान गर्न आवश्यक रहेको हुँदा नेपाली समाज जापानले सम्मान गर्न लागेको हो “ नेपाली समाज जापानकाअध्यक्ष पेम्बा शेर्पा ले जानकारी दिनु भयो ।

नेपाली समाज जापानका अध्यक्ष पेम्बा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमको प्रकाश शिशिर लिम्बुले एवं संचालन गेल्बु शेर्पालेसंचालन गरेका थिए ।

ताजा समाचार