टोकियो
जापानको औद्योगिक शहर नागोयामा स्याङ्जा समाज नागोयाले वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।
जापान सरकारले तय गरेको नियमलाई पालना गर्दै नागोया सि नाका कु साकाय ३ – १५ – ३३ साकाय गासु बिरुको ९ तल्लामा रक्तदान जीवनदान नारा सहित बृहत रक्तदान कार्यक्रम आयोजना गर्दै सम्भावित रक्तदाताहरूको सूची लगायतका तयारीहरु भईरहेको समाजका महासचिव एवं कार्यक्रम संयोजक – मनोज ढुंगानाले जानकारी दिएका छन् ।
कोभिड १९ ले गर्दा विरामीको सख्या बढनु तर रक्तदान कार्यक्रमहरु हुन नसक्दा रक्त संकलनमा देखिएको समस्यालाई सहयोग गर्नका लागि बृहत रक्तदान कार्यक्रममा सहभागि भईदिन समाजका अध्यक्ष निशान रानाले सबै नागोयावासी नेपालीहरुलाई अनुरोध गर्नुभयो ।
सामाजिक उत्तरदायित्व अन्तरगत जापानले नागोयामा नोबेम्बर २७ तारिकका दिन विहान ११ बजे देखी बेलुका ५ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ ।