जापानका लागि नेपाली राजदूत सुवेदीले मंगलबार गुन्माकेनका गर्भनर र ओईजुमी नगरका मेयरसग गरे भेटवार्ता

टोकियो

जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले मंगलबार गुन्मा केनका गर्भनर र ओईजुमी नगरका मेयरसग भेटवार्ता गरेका छन ।

गुन्मा केनमा सक्रिय नेपाली साझा समाज जापानको पहलमा मंगलबार नेपाली राजदूत सुवेदीले र गुन्मा केनका गभर्नर यामामोतो इचिता तथा गुन्मा केन भित्रको ओईजुमी नगरका मेयर मुरायामा तोसीआकीसग भेटवार्ता गरी नेपालको फोहोर ब्यवस्थापन र गुन्मा केनमा बसोबास गर्ने नेपालीहरुका बारेमा छलफल भएको नेपाली साझा समाज जापानका महासचिव निरज गुरुङले जानकारी दिनुभयो ।

भेटका अवशरमा राजदूत सुवेदीले ओईजुमी नगरका मेयर मुरायामा तोसीआकीसगको भेटमा नेपाल र नेपालीसग आफ्नो विशेष सम्बन्ध रहेको बताउदै आफ्ना बुबाले ३० बर्ष अघि शुरु गरेको कम्पनीमा काम गर्ने कामदारहरु मध्ये नेपालीहरुसग राम्रो सम्बन्ध रहेको र उनिहरुसगै नेपालमा गई लामो समय विताउने गरेको स्मारण गर्नु भएको थियो । आफ्नो नगरभित्र बिभिन्न ३८ देशका नागरिक बसोबास गर्ने जानकारी दिदै नगरले सबैलाई समान ब्यवहार गरेको भएपनि नेपालीहरु प्रति आफ्नो विशेष लगाव र सम्बन्ध रहेको पनि बताउनु भएको थियो । नेपाली राजदूत सुवेदीले नेपालको कुनै नगरसग भगिनी सम्बन्धका गास्ने बारेमा राख्नु भएको प्रस्तावलाई स्विकार गर्दै आफ्नो नगर तयार रहेको बताउनु भयो ।

गुन्मा केनका गर्भनर यामामोतो इचितासगको भेटमा नेपाली राजदूत सुवेदीलाई नेपालको बिकासका लागि गुन्मा केन सरकार सहकार्य गर्नका लागि तयार रहेको र नेपालको बिकासमा गुन्माले सहयोग गर्ने बताउनु भएको थियो । राजदूतले जापानबाट विपद ब्यवस्थापनमा अपनाउदै आएको प्रविधि एवं तयारीका बारेमा नेपालसग हुने सहकार्यमा सहयोग गर्ने वचन दिनुभएको थियो ।

राजदूत एवं गुन्मा केनका गर्भरनर एवं मेयरलाई भेटाउने संयोजन गरेको नेपाली साझा समाज जापानका तर्फबाट अध्यक्ष बुद्धि शेरचन तथा महासचिव निरज गुरुङको उपस्थिति रहेको थियो ।

गर्भनर र मेयरसगको भेटमा निरज गुरुङले दोभाषेको रुपमा सहयोग गरेका थिएभने राजदूत सुबेदीसग गुन्मा केनका गर्भनर एवं मेयरले छुट्टा छुटै भेटेका थिए ।

ताजा समाचार