टोकियो
अनेसास जापानद्वारा आयोजना गरिएको जापान ब्यापी खुल्ला प्रतियोगितको उत्कृष्ट १० कविको नाम आईतबार सार्वजानिक गरिएको छ ।
सिटि रेमिटेन्सिसद्वारा प्रायोजित सिटि साहित्य पुरस्कारका लागि आयोजित जापानका विभिन्न स्थानमा बस्ने कविहरूले भाग लिएका कविहरु मध्येबाट उत्कृष्ट १० कवि छानिएको आयोजक अनेसास जापानले जानकारी दिएको छ ।
उत्कृष्ट तीन कविहरूले जनही २५/२५ हजार येन नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गर्नेछन्।
जापानभरीबाट कविता प्रतियोगितामा ४३ कविहरुको कविता प्राप्त भएका थिए भने प्राप्त कविता समालोचक डा. नेत्र एटमको संयोजकत्वमा, समालोचक यसोदा राई तथा समालोचक डा. विष्णुप्रसाद ज्ञवालीको निर्णायक समितिले मूल्याङ्कन गरेको थियो।
उत्कृष्ट १० कविताका दस कविहरूलाई आगामी ३० तारिख आइतवारको साहित्य चौतारी लक्ष्मी जयन्ती विशेष कार्यक्रममा वाचनमा सहभागी मध्येबाट उत्कृष्ट तीन घोषणा गरी पुरस्कार प्रदानगरिने अनेसास जापानका अध्यक्ष रविन शर्माले निष्पक्ष न्यूजलाई जानकारी दिनु भयो ।
निर्णायक समितको निर्णय अनुसार देहाय बमोजिमका कवि र कविताहरू उत्कृष्ट दशमा परेका छन्।
छनोटमा परेका कविहरूलाई उत्कृष्ट ३ घोषणा कार्यक्रममा सहभागिताका लागि आयोजक संस्थाले विस्तृत जानकारी ई-मेल मार्फत गराउनेछ भनिएको छ।
उत्कृष्ट १० मा पर्न सफल कविहरु
कुशुम नेपाली – आमा
कृति गिरी – देशको सुर्ता
मिना खड्का- प्रिय प्रतिरोध
राजेन्द्र शर्मा – छातीभरि देश छ
रामशरण कार्की- फर्किरहेको छु स्वर्गमा
रोशन पुन – हालखबर
विकल्प लम्साल – शायद बालाई थाहा छ
सचिन सरोवर- पत्थरकै भए जाती लाग्थ्यो
सरिता चौधरी- खुल्ला आकाश
सुरज हुक्पा चेङवाङ (अज्ञात मान्छे) – विमान