गैर आवसीय नेपाली संघ(एनआरएन)को स्थापना दिवशको अवशर पारी जापानबाट १२ अनाथ वालवालिकालाई सहयोग गरिने

टोकियो

गैरआवासीय नेपाली संघ(एनआरएन) को १९ औ स्थापना दिवसको अवसरमा जापानमा पनि विविध कार्यक्रमगरी मनाईएको छ ।

जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यततामा सम्पन्न स्थापना दिवशमा एनआरएन जापानको पहलमा १२ जना अनाथ बालबालिकालाई एक बर्षको लागि पठनपाठन सहित सबै ब्यवस्था निशुल्क गर्ने योजनालाई सहयोग पुर्याउने उदेष्य सहित फन्डराईजिङ गरी मनाईएको हो ।

एनआरएन जापानका कावा अध्यक्ष नविन न्यूउरेको अध्यक्षतामा सम्पन्न् भएको कार्यक्रमको संयोजक उपाध्यक्ष संगिता अधिकारीले संयोजन गरेका थिए ।

एनआरएन स्थापना भएको मिति अक्टूबर ११ तारिकमा गरिने स्थापना दिवशमा एनआरएन जापान र एनआरएन क्षेत्रहरुले पनि आआफ्नो क्षेत्रहरुमा विविध कार्यक्रमहरु सम्पन्न गरेका छन।


मंगलबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथी सुवेदी सहित बिषेस अतिथिहरू उपनियोग प्रमुख अम्बिका जोशी, एनआरएनए आईसिसि उपमहासचिव ओम गुरूङ, सदस्य रबिन शेरचन, आईएचएनओ प्रेसिडेन्ट कोमियामा योसिहारू, प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल, जनसम्पर्क समिति कोषाध्यक्ष बाबुराम सापकोटा, जनजाति महासंघ अध्यक्ष सन्जिव राई, एनआरएनए जापानका निवर्तमान अध्यक्ष देबीलाल भण्डारी सल्लाहकार बाबुराम भण्डारी र कानागावा अध्यक्ष एन एनआरएनए सल्लाहकार राजेन्द्र श्रेष्ठ ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए। भने जापान स्थित नेपाली संघ संस्था प्रतिनिधिहरूको बाक्लो उपस्थिती रहेको थियो। सम्पुर्ण अतिथिहरूलाई स्वागत मन्तब्य उपाध्यक्ष एवं कार्यक्रम संयोजक संगिता अधिकारी सुवेदी को रहेको थियो भने धन्यबाद मन्तब्य उपाध्यक्ष राजकुमार अधिकारी ले ब्यक्त गरेका थिए।


यसैविच गण्डकी प्रदेशमा जारी नबौ राष्ट्रिय खेलकूदको भलिवल तर्फ एनआरएनए टिमबाट सहभागिता जनाउन जापानबाट नेपाल जा लागेका भलिबल खेलाडी मदन साउदलाई राजदुत डा. दुर्गा बहादुर सुवेदी, आईसिसि उपमहासचिव ओम गुरूङ र एनआरएनए जापानले खादा ओढाएर सम्मान एवं बिदाई गरिएको थियो।

कार्यक्रममा कलाकार तृष्मी गर्वुजाले नृत्य र अम्मर गुरूङ, सुर्य खड्काले गितहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सभापतित्व कावा अध्यक्ष नविन निउरे र संचालन महासचिब सिद्धार्थ श्रेष्ठले गरेका थिए ।

ताजा समाचार