टोकियो
नेपाली समाज जापानले दीपावली, छठ पर्व र ११४३ औं नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको तयारी पुरा भएको जनाएको छ ।
२३ अक्टोबर २२०२२ आईतवार टोकियो शिनओकुबुमा रहेको रोयल गार्डेन रेस्टुरेन्ट मा ”जापानमा बसेर पनि नेपाल, नेपाली र नेपाली समाजको लागी योगदान पुर्याउनु हुने ब्यक्तित्वहरुलाई सम्मान गर्न लागिएको हो” नेपाली समाज जापानका उपाध्यक्ष शिशिर निङलेकु लिम्बुले जानकारी दिनु भयो ।
“देश निर्माण कार्यमा देश-विदेश जहाँ रहे पनि सबै नागरिकहरुको जिम्मेदारी बराबर भएको हुँदा जापानबाट देश र समाजलाई माया गर्नु हुने ब्यक्यित्वहरुलाई सम्मान गर्न आवश्यक रहेको हुँदा नेपाली समाज जापानले सम्मान गर्न लागेको हो “ नेपाली समाज जापानका अध्यक्ष पेम्बा शेर्पा ले जानकारी दिनु भयो ।
सामाजिक सेवा, खोजअनुसन्धान, यूवा उधमी, जुझारु तथा संघर्सशील महिला र पत्रकारीता गरी ५ वटा विधामा सम्मान गर्न लागिएको नेपाली समाज जापानका महासचिव गेल्भू शेर्पा ले जानकारी दिनु भयो ।
नेपाली समाज जापान, जनता समाजवादी पार्टी, नेपाल ( जसपा) को प्रवास समिती हो ।