टोकियो
कोरोना संक्रमण पछि पहिलो पटक जापानले मंगलबारदेखि जापान प्रवेशमा खुल्ला भएको जानकारी दिदै कोरोनाका अधिकास नियमहरु हटाउने निर्णय गरेको छ ।
जापान सरकारले कोभिड विरुद्धको खोपको तीन ओटै मात्रा लगाएका वा ७२ घन्टाभित्र कोभिडको नेगिटिभ भएको प्रमाण पेश गर्नु पर्ने व्यवस्थालाई कायम राख्दै दैनिक रुपमा बढीमा ५० हजारले मात्रै प्रवेश अनुमतिलाई पनि हटाएको छ ।
जापान सरकारले टुर प्योकज मार्फत मात्र जापान आउन पाउने नियमलाई परिवर्तन गर्दै व्यक्तिगत रुप जापान आउन चाहाने पयर्टकहरुलाई पनि खुल्ला गरेको हो ।
अहिले अमेरिका समेत ६८ देशबाट जापान आउन पाउने नियमलाई परिवर्तन गर्दै छोटो अवधिका लागि आउने पर्यटकलाई जापान भित्राउन विभिन्न छुट सहितको प्याकेजहरु पनि पुनः शुरु गरिएको छ ।
त्यसैगरी विमानहरुमा राखिएको नियमहरु पनि खुकुलो गरिएको छ भने पानी जहाजहरु मार्फत जापान ल्याउन सहज प्रवेश दिईने बताईएको छ ।
सरकारले विमानस्थलमा कोरोनाको लक्षण नदेखिएसम्म पर्यटकलाई कोरोना परीक्षण नगर्ने जानकारी दिएको छ ।