जापानमा अत्यधिक रक्तस्रावका कारण एक महिनाका सुत्केरी स्याङजाका सविना गुरुङको उपचारका क्रममा मृत्यु

टोकियो

जापानको गुन्मा केनमा नेपाल स्याङजा घर भएका सविना गुरुङको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको छ ।

एक महिना अघि गुन्मा केनको ईसेसाकि हस्पिटलमा भर्ना गरिएकि ४२ बर्षिय गुरुङले एक महिना अघि छोरीलाई जन्मदिए पनि रक्तस्राव नरोकिए पछि गुन्माकेनको ईसेसाकी हस्पिटलमा उपचार कै क्रममा मृत्यु हुन पुगेको हो ।

स्याङजा जिल्ला राङभाङ घर भई हाल पोखरामा बसोबास गर्ने गुरुङका बुबाको डिपेन्डेट भिषामा रहेका थिएभने जापानको गुन्मा केनमा श्रीमानसगै बस्दै आईरहेका बुझिएको छ ।

नेपाली साझा समाजका महासचिव एवं मृतकका आफन्त समेत रहेका निरज गुरुङले आवस्यक पर्ने सबै सहयोगका लागि समाजले गर्ने जानकारी दिएका छन ।

परिवारका अनुसार गुरुङको शवलाई नेपाल पठाईदिन अनुरोध गरेको समाजले जानकारी दिएको छ ।

ताजा समाचार