जापानको फ़ुकुओका स्थित निशीनिहोन भाषा विद्यालयलाई लगाएको प्रतिबन्ध गैरकानुनी भन्दै अदालतद्वारा अध्यागमन विभागलाई क्षेतिपूर्ति दिन आदेश

टोकियो

जापानको फुकुओकामा रहेको निशीनिहोन जापानी भाषा बिद्यालयलाई अध्यागमन विभागले लगाएको प्रतिबन्ध गैर कानुनी भन्दै विद्यालयलाई क्षतिपूर्ति दिन अदालतले आदेश दिएको छ ।

अध्यागमन विभागले भियतनामी बिद्यार्थीलाई कानुन विपरित बन्धक बनाइ मानव अधिकारको उल्लङ्घन गरेको भन्दै उक्त बिद्यालयलाइ नया भर्ना गर्न प्रतिबन्ध लगाएको थियो ।

विद्यालयलाई गलत तरिकाले प्रतिबन्ध लगाएको भन्दै फुकुवा गर्नुपर्ने माग सहित विद्यलयले अदालतमा दायर गरेको मुद्दामा अदालतले प्रतिबन्ध लगाउने निर्णय खारेज गर्दै उल्टो विद्यलयलाई क्षतिपूर्ति दिन आदेश दिएको हो ।

अदालतको यस्तो आदेशले उक्त विद्यालयमा अध्यायन गर्ने विद्यार्थीहरुमा फेरी अन्यौलता छाएको छ ।

फुकुओका जिल्ला अदालतका न्यायाधिस हायासी फुमीको फैसलामा बिद्यार्थीलाइ बन्धक बनाउनु बिद्यालयका कर्मचारीको व्यक्तिगत मामला भएको देखिको भन्दै कर्मचारीको ब्यवहारका कारण सिग्गै बिद्यालयलाई प्रतिबन्ध लगाउनु न्याय हुन नसक्ने बताएको जापानिज समाचार एजेन्सीहरुले समाचार प्रकासित गरेका छन ।

गत बर्ष भियतनामी बिद्यार्थीलाइ बन्धक बनाउदै गैर कानुनी तरिकाले टचर गरेको भन्दै अध्यागमन विभागले गत ७ तारिख बिद्यालयलाइ नया बिद्यार्थी भर्ना गर्न ५ वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

ताजा समाचार