जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको टोकियोमा राजकिय अन्त्येष्टि शुरु

टोकियो

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि टोकियोमा शुरु भएको छ ।

चुनावी सभाका समयमा गोला हानि हत्या गरिएका पूर्व प्रम आबे, जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री भएका नेता हुन । आज भईरहेको अन्तेष्टिमा विभिन्न देशका नेताहरु सहित करिब ४ हजार भन्दा बढी शोक सभामा उपस्थित भएका छन ।

युद्धपछिको अवधिमा जापानले एक पटक मात्र पूर्व प्रधानमन्त्रीको राजकीय अन्त्येष्टि गरेको छ।यो सम्मान १०६७ मा पूर्व प्रधानमन्त्री शिगेरु योशिदालाई दिइएको थियो, जसले युद्धबाट देशको पुन: प्राप्तिको नेतृत्व गरेका थिए ।

पश्चिमी सहर नारामा जुलाई ८ मा चुनावी प्रचार भाषणका क्रममा गोली हानी हत्या गरेको चार दिनपछि आबेको निजी अन्त्येष्टि गरिएको थियो।

राष्ट्रिय प्रहरी एजेन्सीले राजधानी र विशेषगरी समारोह हुने निप्पोन बुडोकन हल वरपरको सुरक्षा व्यवस्था कडा बनाउन २० हजारसम्म प्रहरी परिचालन गरेको छ ।

राजकिय अन्त्येन्टि जारी रहेको छ ।

ताजा समाचार