टोकियोमा सम्पन्न नेपाल फेस्टिवलको हिसाव सार्वजानिक,पहिलो पटक एक्काईस लाख पचहत्तर हजार भन्दा बढी मुनाफा

टोकियो

गैर आवशिय नेपाली संघ जापान( एनआरएन) ले जुलाई महिनाको ३० र ३१ तारिक टोकियोको नाकानो वार्डमा सम्पन्न भएको १२ औ नेपाल फेष्टिवलको आयब्याय शुक्रबार सार्वजानिक गरेको छ ।

एनआरएन जापानले आयोजना गरेको नेपाल फेष्टिवलमा पहिलो पटक आर्थिकरुपमा नाफामा हुन पुगेको छ । शुक्रबार सांझ एनआरएन जापानले आयोजना गरेको प्रेसमिटमा कोषध्यक्ष कृष्ण गैरेले २१ लाख ७५ हजार ५ सय १५ ऐन नाफा भएको जानकारी दिएका छन ।

यस बर्षको नेपाल फेष्टिवलमा २ करोड ९४ लाख ५ हजार ५ सय ५५ ऐन आम्दानी भएकोमा १ करोड ५५ लाख ९५ हजार ४ सय ८५ ऐन खर्च र ७ लाख ७० हजार उठन बांकि भएपनि २१ लाख ७५ हजार भन्दा बढी बचत गर्न सफल भएको जानकारी दिएका हुन ।

एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको प्रेसमिटमा भौतिक रूपमा सफल, पारदर्शिता र सजग मानिएको “नेपाल फेस्टिवल २०२२ सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैमा आयोजकले आभार ब्यक्त गरेका थिए ।

नेपाली दूतबास जापान र एनआरएन जापानले सयुक्त आयोजनमा टोकियो स्थित नाकानो वार्डको नाकानो सिकि पार्कमा सम्पन्न भएको १२ औ नेपाल फेष्टिवलबाट आर्थिक पारदर्शिता पहिलो प्राथमिकता रहेको महासचिव सिद्दार्थ श्रेष्ठले जानकारी दिदै आगमी दिनहरुमा पनि एनआरएन भित्र पारदर्शिताको काम जारी राखिने जानकारी दिएका छन ।

फेष्टिवलमा पहिलो पटक स्पोन्सर गरेपनि रकम दाखिला नगरेका ब्यक्ति र सस्थाको नाम सार्वजानिक गर्दै ७ लाख ७० हजार उठन बाकि रहेको जानकारी दिएपनि केहि रकम भने शुक्रबार राति जम्मा भएको कोषध्यक्ष गैरेले जानकारी दिए ।

अत्यन्तै गर्मिको समयमा नेपाल फेष्टिवल आयोजना भएपनि जापानिज नागरिक सहित नेपाली र अन्य देशका नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियोभने फेष्टिवलको उदधाटन राष्टि्य सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गरेका थिए ।

ताजा समाचार