जापानमा बोलाई यौन दुर्ब्यवहार र ज्यानमार्ने धम्कि दिएका दोहोरी संचालक थापाले १० लाख क्षतिपूर्ति र माफि मागेपछि गायिकका श्रीपालले भनिन मैले माफ गरे

टोकियो

जापानको ओसाका कोबेमा रहेको एक दोहोरी सांझमा लोक दोहोरी गायनका लागि नेपालबाट आएकी गायीका अमृता श्रीपालले आफुलाई यौन दुर्ब्यवहार एवं ज्यान मार्ने धम्कि दिएका दोहोरी सांझका संचालकलाई माफि दिएको बताएकि छिन ।

विहीबार मोनो एसिया प्यासेफिक संयोजक दिपक कार्की, एनआरएन खान्साई संयोजक दिलिप शर्मा लगायतका उपस्थितीमा भएको छलफलमा धौलागिरी दोहोरी साँझका संचालक धन बहादुर थापा विच भएको छलफलमा थापाले आफुबाट गल्ती र कमजोरीहरु भएको भन्दै श्रीपाल समक्ष माफि मागेपछि विवाद मिलेको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाका सदस्य कुलविर थापा, र अन्य सरोकारवाला व्यक्तिहरुको रोहवरमा भएको छलफलमा अव अगाडी दिनहरुमादुवै पक्षबाट यो बिषय कहीकतै उठाउन नपाईने समेत सहमति गरिएको छ ।

छलफलमा गायीका श्रीपालले पाउनुपर्ने पारिश्रमिक बापतको रुकम १ लाख अग्रीम भूक्तानी भईसकेको र वाँकी ९ लाख रुपैयाँ आगामीअक्टोवर १६ तारिख सम्ममा संचालक थापाले मोना जापानको खाता नम्वरमा जम्मा गर्नुपर्ने सहमति भएको कार्कीले जानकारी दिएका छन । साथै गायीका श्रीपाललाई नेपाल फिर्ता हुने टिकटको व्यवस्था समेत दोहोरी साँझको तर्फबाट गर्नुपर्नेसहमति भएको छ। सहमति पत्रमा गायीका श्रीपाल र दोहोरीका संचालक थापाले हस्ताक्षर गरेका छन ।

गायिका श्रीपालले बुधबार मोना जापान र प्रतिष्ठान जापानलाई दोहोरीसंचालकले अभद्र व्यवहार गरेको मानसिक तथा भौतिक रुपमा यातना दिएको भन्दै न्यायका लागि निवेदन दिएकी थिईन ।

ताजा समाचार