नारिताबाट तोकिएको समय भन्दा १२ घन्टा पछि काठमान्डौ उड्यौ नेपाल एयारलाईन्सको विमान

टोकियो

नेपाल एयारलाईन्सको विमान तोकिएको समय भन्दा १२ घन्टा पछि जापानको नारिताबाट काठमान्डौका लागि उडेको छ ।

हप्तामा दुई उडान भर्ने नेपाल एयारलाईन्सको बुधबारको तालिका रहेको विमानमा प्राविधिक समस्या आएपछि पुन काठमान्डौ फर्किएको थियो ।

चलाक दल सहित २ सय ८० जना यात्री बोकेको जाहाज बुधबार राति १०ः२८ मा नारिताबाट उडेको एक यात्रुले निष्पक्ष न्यूजलाई जानकारी दिएका छन ।

नियमित समय भन्दा १२ घन्टा पछि पनि बोर्डिङ पास गरेर बसेका यात्रुलाई नेपाल पठाउन सकेको नेपाल एयारलाईन्सका जापान प्रमुख तिलक लामिछानेले बताए ।

बुधबार नेपाल जानका लागि विहान ५ बजे घरबाट हिडेका यात्रुहरुलाई नेपाल एयारलाईन्सले लन्चका लागि नारितामा नै नगद प्रदान गरेको एक यात्रुले जानकारी दिएका छन ।

नारिताबाट नेपाल एयारलाईन्सको जाहाज ७ घन्टाको उडान पछि काठमान्डौ अवतरण गर्ने गर्दछ ।

ताजा समाचार