एनआरएन जापानको खातामा थप ५० लाख अध्यक्षलाई हस्तान्तरण, अझै १ करोड ३४ लाख आउन बांकि

टोकियो

गैर आवशीय नेपाली संघ(एनआरएन) जापानको खातामा थप ५० लाख अध्यक्ष शिव प्रसाद पौडेललाई बुझाईएको एनआरएन जापानले आज एक विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

एनआरएन जापानका प्रवक्ता शुभाष लामिछानेद्दारा बुधबार जारी विज्ञप्तीमा एनआरएन जापानको खातामा रहेको २ करोड ५४ लाख ४१ हजार रकम बिगत देखि एनआरएनको खातामा नरहेको भन्दै विज्ञप्तीमा मे महिनामा ७० लाख एवं आज बुधबार थप ५० लाख नगद गरी १ करोड २० लाख प्राप्त भएको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

बुधबार एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेललाई एनआरएन आईसिसिका उपाध्यक्ष महेश श्रेष्ठ र उपमहासचिव ओम गुरुङले बुझाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा बांकि १ करोड ३४ लाख भन्दा बढी रकम नआएको बताउदै छिटो भन्दा छिटो बुझाउन सम्बन्धित सबैलाई अनुरोध गर्दाछौ भनिएको छ । विज्ञप्तीमा अझै १ करोड ३५ लाख भन्दा बढी रकम कहा र कसले राखेको छ केहि उल्लेख गरिएको छैन ।

एक बर्ष अघि एनआरएन जापानको सम्पन्न भएको अघिवेशनमा धादली भएको भन्दै तत्कालि कावा अध्यक्ष अनिता गुरुङले छुटै समिति बनाई क्रियाशिल रहेको थियो भने निर्वाचन समितिले शिव प्रसाद पौडेललाई निर्वाचित भएको भन्दै सपथ सहित सबै जिम्मेवारी सुम्पिएको थियो ।

आईसिसिका पूर्व अध्यक्ष भवन भट्टको संयोजकत्वमा बनेको समस्या समाधान समितिले केहि समय अघि निर्वाचनमा पराजित भएका अनिता गुरुङलाई एनआरएन जापानको संरक्षक एवं आईसिसि पदमा पराजित बलराम श्रेष्ठ र रामहरी पुडासैनी लाई आईसिस् सदस्यमा मनोनित तथा वरिष्ट उपाध्यक्षमा पराजित छत्र दाहाललाई एसिया प्यासेफिक युवा सहसंयोजकमा मनोनयन गर्ने सहमति पछि एनआरएन जापानको विवाद मिलेको घोषण गरिएको थियो ।

सबैले पद पाई समस्या समाधान भएपनि १ करोड ३४ लाख अझै समितिको खाता नआएको भन्दै प्रवक्ता लामिछानेले आज जारी गरेको विज्ञप्तीमा छिटो भन्दा छिटो सम्बन्धित सबैलाई समयमा नै रकम बुझाउन अनुरोध गरेका छन ।

ताजा समाचार