टोकियो
गुल्मेली समाज जापानले हरितालिका तिजको पावन अवसरमा अगष्ट २९ तारिक टोकियोमा वृहत तिज कार्यक्रम गर्ने भएको छ ।
नाकोना जेरो हल टोकियोमा अगष्ट २९ तारिकमा हुने उक्त तिज कार्यक्रमको प्रमुख अतिथिका रुपमा जापानको लागि नेपाली राजदूत धर्मपत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदी उपस्थिति हुने गुल्मेली समाज जापानको अध्यक्ष महेन्द्रकुमार अधिकारीले बताउनुभयो ।
सन् २०२२ को नेपालीहरुको महान पर्व हरितालिका तिजको अवसरमा जापानमा गरिने कार्यक्रम सम्पन्न गर्ने लक्ष्मी केसी महर्जनलाई संयोजकको जिम्मा दिएको छ । एक आपसमा आत्मीयता ,भाईचारा, माया, ममता सामिप्यता लाई साटासाट गर्ने उद्देश्यका साथ तिज कार्यक्रंम आयोजना गरिने संयोजक महर्जनलेबताउनु भयो ।
मातृभूमिबाट पढाइ र रोजगारको सिलसिलामा जापान आइपुग्नुभएको गुल्मेली सहित नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई सहभागिताका लागि आयोजक गुल्मी समाज जापानले सबैले आग्रह गरेको छ ।