सिन्जो आबेको हत्यामा सुरक्षा चुक कि सुरक्षाकर्मिको लापरबाहि? यसैविच प्रहरीका प्रमुख नाकामुराले गरे राजिनामाको घोषण

टोकियो

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या भएको घटनामा सुरक्षाकर्मिको कमजोरीका कारण हुन पुगेको भन्दै जापान प्रहरीप्रमुख नाकामुरा ईतारुले राजिनामा घोषण गरेका छन ।

विहीबार पत्रकार सम्मेलन गर्दै नाकामुराले उक्त घटनामा प्रहरी एवं सुरक्षा एजेन्सीहरुको कमिकमजोरी रहेको एवं सुरक्षा कर्मिको कमि रहेका कारण गन्भिर घटना हुन पुगेको भन्दै उक्त जिम्मेवारी आफुबाट हुन पुगेको स्विकार गर्दै राजिनामा दिन लागेको बताएका छन ।

गत जुलाई ८ मा नारामा भएको चुनावी प्रचारको क्रममा सिन्जो आबेलाई गोली प्रहार गरी हत्या गरिएको थियो । विहान ११ः३० भाषण गरिरहेको समयमा ४१ वर्षिया यामागामीले गोली प्रहार गरेका थिए ।

यो घटना घट्नुमा पर्याप्त सुरक्षा व्यवस्थामा गम्भिर चुक भएको सुरक्षा विज्ञहरुले टिप्पणी गरेका थिए ।

ताजा समाचार