टोकियो
गैरआवसिया नेपाली संघ (एनआरएन) जापानको निर्वाचनमा धादली भएको भन्दै विगत १३ महिना देखि जापानमा देखा परेको विवाद मंगलबार सहमति भएपछि आजबाट विवाद टुङगिएको छ ।
गएको बर्ष जुलाईमा सम्पन्न भएको निर्वाचनमा धादली भएको र भारतको उडिसाबाट पनि मतदान भएको भन्दै पुनः निर्वाचनको मागगर्दै आईरहेको अनिता गुरुङ समुहले छुट्टै कार्यसमिति बनाई क्रियासिल भईरहेको दुबै समिति विच मंगलबार पांच बुदांको सहमति भएसगै एनआरएन जापानको विवाद टुङ्गिएको छ । सहमतिमा जापानको अध्यक्षमा शिव प्रसाद पौडेल र समितिको संरक्षकमा अनिता गुरुङ रहने सहमति बनेको छभने अन्य विबाद रहेको विषयमा ओम गुरुङ संयोजक रहेको समितिले गरेको निर्णयलाई लागु गर्दै जाने पनि सहमति बनेको छ ।
अनलाईन मार्फत उपस्थित भएका आईसिसिका अध्यक्षहरु, एनआरएन आईसिसिका पूर्व अध्यक्ष भवन भट्ट, एनआरएन आईसिसिका उपाध्यक्ष महेश श्रेष्ठ, उपमहासचिव ओम गुरुङ, एसिया प्यासिफिका संयोजक एवं उपसंयोजक,निर्वाचन समितिका सदस्य शालिकराम भन्डारी, विजय थकाली, अध्यक्षका प्रत्यासी सरोज कुमार खत्री, लगायतका ब्यक्तिहरुको उपस्थितीमा सहमति भएको हो ।
मंगलबार सहमति भएपछि शिव प्रसाद पौडेलको अध्यक्षमा रहेको वर्तमान कार्यसमिति नै साझा समिति बन्ने र अनिता गुरुङलाई बर्तमान कार्यसमितिको संरक्षक बनाउने सहमति भएको छ ।
बर्तमान कार्यसमितिलाई नछुनेगरी एनआरएन आईसिसि उपमहासचिव ओम गुरुङको संयोजकत्वमा शिव प्रसाद पौडेल र अनिता गुरुङ सदस्य रहनेगरी समिति बनाई अगाडी बढ्ने सहमति भएको छ ।
दुई पटक एनआरएन आईसिसिको अध्यक्षको नेतृत्व गरेको एनआरएन जापान भित्र रहेको विवाद सहमति गर्न दबाब परेको थियो ।
सहमति पछि अनिता गुरुङले गल्तिलाई सच्चाउदै अगाडी बढ्न जापानबासीले गरेको आग्रहलाई केन्द्रमा राखेर सहमति गरिएको बताउनु भयो भने अध्यक्ष शिव प्रसाद पौडेलले एकताबद्द एनआरएन बनाउने उदेष्यमा यो सहमतिले ठुलो महत्वराख्ने बताउनु भयो ।
केन्द्र देखि जापानमा सक्रिय सामाजिक अभियान्तहरुले जापानमा देखिएको समस्या समाधान गर्न प्रयास भईरहेको थियो । लामो समयको छलफल र वार्ता पछि एनआरएन जापानको विवाद सहमति टुङगिएको हो ।