प्रचण्ड जापान भ्रमणको आज पांचौ दिन, सत्तारुड दलको पूर्व महासचिव तोसिहिरो निखाई भेट, नेपाल-जापानको सम्बन्धलाई थपगति दिने विषयमा छलफल

टोकियो

पांच दिने जापान भ्रमणमा रहनु भएका माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आज जापानिज सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी) का पूर्व महासचिव, एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निखाईसग वार्ता गरेका छन ।

भेटको क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरु आदानप्रदान देखि स्थानीय नगरहरुबिच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पूर्वधार लगायतको क्षेत्रमा जापान सरकारले सहयोगलाई अझ वृद्धि गर्दै लैजाने विषयमा छलफल केन्द्रित भएको नेपाली दूतबास टोकियोले जानकारी दिएको छ।

जापानको सत्तारुढ दल एलडिपी कार्यलयमा भएको भेटमा पूर्व महासचिव एव वरिष्ट नेता निकखाईसगको भेटले नेपाल र जापान विचको सम्बन्ध अझै प्रगाढ बनाएको अध्यक्ष प्रचण्डले बताएका छन । भेटमा नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, उपनियोग प्रमुख अम्बिका जोशी सहितको सहभागिता रहेको थियो ।

माओवादी अध्यक्ष प्रचण्डको पांच दिने भ्रमणमा राजनैतिक भेट सहित पर्यटन, कृर्षि र विद्युतमा जापानले गरेको विकासका बारेमा प्रत्यक्ष अध्ययन अवलोकन गरि रहेको जनप्रगतिशील मंच जापानका नेता अरुण श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्ड पांच दिने जापान भ्रमण सकि बुधबार नेपाल फर्कने छन ।

ताजा समाचार