टोकियो
जापानमा आज पनि गर्मी हुने मौषम विभागले जनाएको छ ।
कान्तो क्षेत्रमा आज टोकियो सहित न्यूनतम ३६ देखि ३९ डिग्री सम्म हुने अनुमान गरिएको छ । आज १२ बजे टोकियोमा ३६ डिग्री मापन गरिएको छ भने दिनको २ बजे सम्म यो तामक्रम हुने बताईएको छ ।
यसैगरी साईतामाको कुमागायमा ३९ देखि ४० को विचमा हुने बताईएको छ । खानागावा, नागोया, ओसाका एवं फुकुओका क्षेत्रमा कम्तिमा ३५ डिग्री रहने बताईएको छ ।
यसैगरी तोहोकु क्षेत्रमा बर्षाका कारण सचेत रहन सूचना जारी गरिएको छ ।
मौषम विभागका अनुसार टोकियो क्षेत्रमा हल्का बर्षाको सम्भावना रहेको पनि बताईएको छ ।