जापानको टोकियोमा आयोजित १२औ नेपाल फेस्टिबल सम्पन्न, जापानिज, नेपाली सहित ५० हज़ार मानिसले गरे अबलोकन

गणेश खनियाँ

टोकियो

नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा जापानको राजधानी टोकियोको नाकानोमा आयोजित दुई दिने नेपाल फेस्टिवल सम्पन्न भएको छ ।

जापानमा यस्तो फेस्टिबल बर्सेनि गर्दै आएको भएपनी बिगत दुई बर्ष पछि भएको हो । कोविड १९ क़ा कारण आयोजना हुन सकेको थिएँन । यस बर्ष भने कोरोना सक्रमणको जोखिम कम हुन थालेपंछी नेपाल फेस्टिबलको आयोजना गरिएको एनआरएनए जापानलें जनाएको छ ।
जुलाई ३० सनिबार र ३१ तारिख आईतबार आयोजित नेपाल फेस्टिवललाई नेपाल सरकार सहित जापानको सरकारी स्तरबाट साथ र सहयोग जुटेको थियो । फेस्टिवल उदघाटनमा नेपालका राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना उपस्थित भएका थिए । यस बाहेक जापान सरकारको परराष्ट्र मन्त्रालयका सहसचिव स्तरका कर्मचारी, फेस्टिवल आयोजना स्थल नाकानो शहरका मेयरको समेत मेलामा सहभागिता जनाएका थिए।
दुई दिने १२औ नेपाल फेस्टिवलमा नेपालको पर्यटन प्रर्वद्धन, नेपालका आदिबासि जनजातीका मौलिक कला संस्कृति प्रर्वद्धन सहित सांस्कृतिक चिनारीका झाँकी, बाजागाजा, नृत्य र संगीत प्रदर्शन गरिएको थियो।

त्यसैगरी मेलामा बिभिन्न किसिमका पोशाक सहित खानाका परिकारहरु प्रर्दशन तथा बिक्रीका स्टलहरू राखिएका थिए ।नेपाल र नेपालीलाई टार्गेट गरीएक़ा झण्डै दुई दर्जन बिभिन व्यवसायका स्टल समेत मेलामा राखिएका थिए ।
चर्को घामका बिच दुईदिने नेपाल फेस्टिवलमा करिव ५० हज़ार नेपाली जापानी,बेलायती,अमेरिकी, ईण्डियन, श्रीलंकन, भियतनामी, चिनियाँ, अफ्रिकन देशहरु तथा युरोपियन देशका जापानमा रहँदै आएका दर्जनौं बिदेशी नागरिकहरुको समेत फेस्टिवलमा सहभागीता जनाएका थिए ।


फेस्टिवलमा जापानको राजधानी टोकियो र आसपासका नेपालीहरूको बाक्लो सहभागीता रहेको थियो ।

रासस

ताजा समाचार