टोकियो
नेपाल सरकारले हालै गैर आवासीय नेपालीहरुलाई खुल्ला गरेको डलर एकाउन्टको महत्व र नेपालमा लगानीको अवशरहरुको बारेमा विहीबार टोकियोमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गैर आवासीय नेपाली संघ,(एनआरएन) जापान र नेपाली ब्यवसायी संघ, जापानको सयुक्त आयोजनामा नेपालमा वर्तमानमा लगानीको अवसर र सरकारले लिएको नितिहरुका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली दूतबास जापानका कावा राजदूत अम्बिका जोशीको प्रमुख आतिथ्यतमा सम्पन्न भएको कार्यक्रममा ब्यवसायीक भ्रमणमा जापान आउनु भएका ब्यवसायी तथा नेपाल उद्योग परिसंघका उपध्यक्ष हेमराज ढकालले वर्तमान अवस्थामा नेपालमा लगानीका अवशरको वातवरण सरकारले लिएको लगानीका नितिहरु सहित गैर आवासीय नेपालीहरुलाई खुल्ला गरिएको डलर एकाउन्टका विविध पक्षहरुका बारेमा आफ्नो धारण राख्नु भएको थियो ।
जापानमा क्रियाशील संघ सस्थाका अध्यक्षहरु, जापानमा ब्यवसाय गरिरहेका नेपाली ब्यवसायीहरु सहित जापानिज ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा फुकुओका क्षेत्रको लागि नेपाली बाणिज्य दूत किमोतो युचिहिरोले नेपालीहरुले जापानमा गरेको प्रगति सन्तोष जनक रहेको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा एनआरएन आईसिसि उपाध्यक्ष भूषण घिमिरे, रोशन थापा, उपमहासचिव ओम गुरुङ, एनआरएन जापानका उपाध्यक्ष संगिता अधिकारी, नेपाल पत्रकार महासंघ, जापानका अध्यक्ष मोहन घले, ब्यवसायी संघ नेपालका अध्यक्ष विजय थकाली लगायतले मतब्य राख्नु भएको थियो ।
एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेललको सभापतित्वमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण एनआरआर जापानका महासचिव सिद्दार्थ श्रेष्ठले गर्नुभएको थियो ।