जापानमा नयां रेकर्ड कायम हुदा आज एकैदिन १ लाख ८२ हजार भन्दा बढीमा कोरोना संक्रमण, टोकियोमा मात्रै ३१ हजार भन्दा बढी पोजिटिभ

टोकियो

आज जापानमा एकैदिन पहिलो पटक १ लाख ८२ हजार जनाभन्दा धेरै मानिसहरुमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जापानमा कोरोना संक्रमण फेरि यस अघिका महामारीभन्दा पनि निकै जटिल अवस्थामा पुग्नसक्ने संकेत गरेको छ । आज जापानभर उच्च संक्रमण पुष्टि भएको हो ।

टोकियोमा आज ३१ हजार भन्दा बढीमा कोरोना पुष्टी हुदा ओसाकामा पनि २२ हजार जनाभन्दा पनि बढि संक्रमित हुन पुगेका छन ।

जापानमा दिन प्रतिदिन संक्रमण हुनेको सख्या बढिरहेको छ । हरेक दिन नै उच्च संक्रमणको रेकर्ड कायम भएको छ ।

कोरोना संक्रमणले अब महामारी लिने अवस्थामा पुगेको छ । पछिल्लो जानकारी अनुसार जापानको सबै क्षेत्रमा कोरोना संक्रमण बढिरहेको छ ।

यो संक्रमण दर गत बर्षको भन्दा करिब दोब्बर सख्या बढेको हो ।

ताजा समाचार