टोकियो
जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आबेको हत्यारा तेचुया यामागामीकी आमाले युनिफिकेशन चर्च नामक धार्मिक संस्थालाई १० करोड येन दानमा दिएको पूष्टि गरेको छ ।
अनुसन्धान गरिरहेको जापान प्रहरीको श्रोत भन्दै जापानिज समाचारहरुले जनाएका छन ।
दान दिएपछि आफ्नो आमा कंगाल बनेको भन्दै यामागामी सो समूहप्रति आक्रोशित थिए । उनले सो समूहका नेता मोलोटोभ ककटेललाई मार्ने कोशिश गरेका थिए । यो काममा उनी नाकाम भए । सोही समूह सम्बद्ध एक कार्यक्रममा आबेको भिडियो सन्देश हेरेपछि आबे पनि सो समूहमा छन् भन्ने ठानेर उनले आबेमाथि गोली प्रहार गरेको प्रहरीलाई बताएका छन् ।
सन् १९५४ मा सो धार्मिक समूह दक्षिण कोरियामा स्थापना भएको थियो । यसको शाखा जापानमा पनि छ । उक्त शाखाले हत्याराकी आमाले कति दान दिएकी छिन् भन्ने कुरा खुलाउन उपयुक्त नभएको बताएको छ । स्रोतका अनुसार यामागामीको आमा सन् १९९८ मा सो समूहमा आबद्ध भएकी थिइन् । सन् १९९९ मा उनले आफ्नो हजुरबुबाबाट पाएको पैतृक सम्पत्ति (जग्गा) र नारामा आफू बस्दै आएको घर बेचिदिइन् । ठूलो रकम धार्मिक समूहलाई दान दिएपछि सन् २००२ मा उनी कंगाल बनिन् ।