टोकियोमा हुने नेपाल फेस्टीवल २०२२ मा सहभागि भई सफल बनाउन नेपाल आदीवासी जनजाति महासंघ,जापानको अनुरोध

टोकियो

नेपाली राजदूतबास जापान र गैरआवासीय नेपाली संघ जापानको संयुक्त आयोजना हुने १२ औ नेपाल फेष्टिवल २०२२ मा सहभागि भई सफल बनाउन जापानबासी सबैमा नेपाल आदिबासि जनजाति महासंघ, जापानले अनुरोध गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ, जापान (नेफिन) को निर्यण अनुसार यस पटकको फेष्टिवलको नेफिन जापान विषेश सह आयोजक बन्दै सफल बनाउने निर्णय गरेको अध्यक्ष संजिव राईले जानकारी दिनुभयो ।
कोरोनाका कारण सन २०१९ देखी जापानमा नेपालीहरुले नेपाल फेस्टिवल मनाउन पाएका थिएनन । नेपाल, नेपालीपन र आदिवासी जनजातिहरुको भेषभुषा, सास्कृतिक बाजा, नाच, आदि चिनाउने अवसर गुमेको भन्दै यो बर्ष आयोजना हुने १२ औं नेपाल फेस्टिवल आयोजना हुने भएको हुँदा बाक्लो उपस्थितिका लागी जापानवासी सबै नेपालीमा हार्दिक अनुरोध गर्दछौं ।
१२ औं नेपाल फेस्टिवल आयोजा गर्नलाई अग्रणी भूमिकाको लागी नेपाली राजादूतावास टोकियो र गैरआवासीय नेपाली संघ जापान प्रती हार्दिक आभार ब्यक्त गर्दछौं ।
जापानमा कोरोना भाईरसको संक्रमण अझै पूर्ण रुपमा शून्य नभएको अवस्था भएको हुँदा नेपाल फेस्टिवलमा उपस्थित हुँदा अनिवार्य मास्क लगाउने, हातमा सेनिटाइजर प्रयोग गर्ने र भिडभाडमा सावाधानी अपनाउन समेत हार्दिक अनुरोध गर्दछौं ।

यस पालीको नेपाल फेस्टिवलमा विभिन्न सास्कृति बाजा,भेषभूसाको प्रर्दशनी र परम्परागत नाचहरु लिएर नेपाल आदिवासी जनजाति महासंघ, जापानले सहकार्य गर्ने तयारी गरेको महासंघ, जापानका महासचिव शिशिर निङ्लेकु लिम्बुले बताउनु भयो।

ताजा समाचार