टोकियो
नवलपरासी समाज जापानको दोस्रो अधिबेशनले हरि सापकोटाको अध्यक्षमा नयॅा कार्यसमिति चयन गरेको छ ।
समाजको दोस्रो अधिबेशन तथा सामुहिक बनबोज कार्यक्रममा समाजका अध्यक्ष गोपाल कंडेलको सभापतित्वमा सम्पन्न भएको थियो । दोस्रो अधिबेशनका निर्वाचन सम्योजक तथा समाजका सल्लाहाकार यादब केसी रहनु भएको थियो । कार्यक्रममा समाजका सचिब ॠषि पौडेलले स्वागत मन्तब्य ब्यक्तगर्दै प्रगति प्रतिबेदन प्रस्तुत गरेको थिए ।
नयाँ कार्यसमिती निर्वाचन प्रक्रियामा पछि निर्वाचन संयोजक यादब केसीले नब निर्वाचित कार्यसमितीमा अध्यक्ष हरी सापकोटा, वरिष्ठ उपाध्यक्षमा बासु बस्ताकोटी, उपाध्यक्षमा दुर्गा सुबेदी, कमल काफ्ले, माहासचिबमा ॠषि पौडेल, कोषाध्यक्षमा सुनिल सापकोटा, सचिबमा माधबि खड्का, सह-सचिब श्याम कण्डेल, सदस्य हरुमा नेत्र शर्मा, सुनिता कण्डेल, नीतु आले, अमित कण्डेल निर्बाचित हुनु भएकोछ ।