टोकियो
जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको मंगलबार जापानिज रितरिवाज अनुसार अन्येष्टी गरिएको छ ।
टोकियोको ज्योउजोजी मन्दिर परिसरमा अन्येष्टी गरिएको हो ।
अन्येष्टी गर्नु भन्दा पहिला आबेको शवलाई सत्तारुड दलको कार्यलय, संसद भवन तथा मन्त्री परिषदको कार्यलयहरुमा लगिएको थियो ।
मिनोतो वार्डमा रहेको ज्योउजोजी मन्दिर परिसरको चारै तिरको सडकमा जापानिज नागरिक सहित जापानमा बसोबास गर्ने विदेशी नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो ।
अन्येष्टीमा जापानका राजनैतिक दलका नेताहरु, जापानका उच्च तहका कर्मचारीहरु, विदेशी पाहुनाहरु सहितको करिब २,५०० जनाले शोक सभामा उपस्थित जनाएका थिए ।
आबेको शब बोकेको गाडीको अघिल्लो सिटमा आबेका श्रीमतीले सबैको अभिबादनलाई स्विकार गरेकी थिईन, आबेको शबलाई प्रधानमन्त्री कार्यलय पुर्याउदा जापानका प्रधानमन्त्री फुमियो किसिदा सहितका मन्त्रीहरुले पूर्व प्रम आबेलाई धन्यबाद भन्दै श्रद्धान्जली ब्यक्त गरेका थिए ।
जापानको सबैभन्दा लामो कार्यकाल गरेका आबेको हत्या भएपछि देश विदेशमा पनि शोक सभा आयोजना गरिएको छ ।