जापानमा क्रियाशिल नेपाली संघ-संस्थाहरुसग नेपाल पत्रकार महासंघको अन्तरक्रिया सम्पन्न, सहकार्यगर्दै अघि बढ्ने प्रतिबद्धता (फोटो फिचर सहित)

तस्विर सौजन्य- सुमि लामिछाने

टोकियो

आईतबार नेपाल पत्रकार महासंघ जापानको आयोजनामा जापानमा क्रियाशिल् सामाजिक संघ-संस्थाहरुसग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

“जापानमा सामाजिक संघ संस्थाहरुको बर्तमान अवस्था भविष्य तथा आपसी सहकार्य”बिषयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाली समुदायलाई लक्षित गरि जापानको निति नियम जापान सरकारले जारी गर्ने सूचना एवं जापानमा बस्दा नेपालीहरुले लिन सक्ने लाभहरुका बारेमा बिस्तृतमा छलफल भएको थियो ।

नेपाली दूतबास जापानका कावा राजदूत अम्बिका जोशीको प्रमुख आतिथ्यतता सम्पन्न कार्यक्रममा राजदूतबासले दिई रहेको सेवाहरु जापानबासी नेपालीका गुनासोहरु र समाधानका लागि गरिएको प्रयास एवं नेपाली संघ सस्थाले खेलेको भूमिकाका बारेमा बोल्नु भएको थियो ।

कार्यक्रममा जापानमा क्रियाशिल संघ सस्थाका अध्यक्षहरुले जापानमा क्रियाशिल भई अझ जिम्मेवार बन्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेल,थकाली सेवा समिति जापानका अध्यक्ष बुद्दी गौचन, चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठ, कास्कि पोखरा समाजका अध्यक्ष विश्व सुवेदी, स्याङजा समाजका अध्यक्ष धुब्र ज्ञवाली, कर्णाली समाजका अध्यक्ष कृण्ण शाही, विल फर अलका सरोज कुमार खत्री, पूर्वि विकास केन्द्रका अध्यक्ष अमित गौतम, सुदुरपस्चिम समाजका अध्यक्ष पदम ठगुन्ना, अर्घाखॅाची समाजका अध्यक्ष दिपक थापा,अनेसास जापानका अध्यक्ष रविन शर्मा, जनप्रगतिशिल मंचका अध्यक्ष भवानी पन्त,प्रवासी नेपाली एकता मन्च जापानका अध्यक्ष सागर रिजाल, गोर्खा समाजका डिपि काप्रि, धादिङ सनाजका निर्वतमान अध्यक्ष कृण्ण खनाल,एभरेष्ट ईन्टरनेशनल स्कुलका निर्वतमान अध्यक्ष भुपालमान श्रेष्ठ, जनप्रगतिशिल मंचका रामहरी पुडासैनी,एवआरएनका उपाध्यक्ष संगिता अधिकारी, महासचिव सिद्दार्थ श्रेष्ठ, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तिलक मल्ल संचारकर्मि शिक्षा शान्ती वाईवा लगायतले आफ्ना विरार राखेका थिए ।

फोटोहरु

ताजा समाचार