टोकियो
जापानका पूर्व प्रधानमन्त्री एवं लिबरल डेमोक्यक्रिटक पार्टिका नेता सिन्जो आबेको हत्या भएको स्थान नारा शहरको सौदाईजीमा विहानैबाट भावपूर्ण श्रद्धान्जली ब्यक्त गर्नेहरुको बाक्लो उपस्थिती रहेको छ ।

शुक्रबार ( हिजो ) विहान ११: ३० भएको गोलि प्रहारमा जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको घाटी र मुटुमा पछिबाट प्रहार गरेको गोलि लागि बेहोस हुन पुगेका थिए ।
आज ( शनिबार ) विहानैबाट मृत्यु भएका स्थानमा नाराबासी सहित नजिकका शहरहरुबाट पुष्प गुच्छा सहित श्रद्धान्जलीका शब्दहरु लेखिएको पत्रहरु राखिएको छ ।

श्रद्धान्जली अर्पण गर्नका लागि साना केटाकेटि सहित युवा तथा बृद्धबृद्दहरुको बाक्लो उपस्थिती रहेको छ ।
घटना भएको स्थानमा विहानै देखि मानिषहरुको उपस्थिती हुने देखिएको भन्दै ब्यापक मात्रमा प्रहरीहरु तैनाथ गरिएको छ ।