टोकियो
शुक्रबार नारा स्थित सौदाईजी स्टेशन नजिक चुनावी सभालाई सम्बोधन गरिरहेको अवस्थामा जापानका पूर्व प्रधानमन्त्री सिन्जोआबेलाई गोलि प्रहार गरिएको छ ।
प्रत्यक्षदर्शिका अनुसार आबेले सम्बोधन गरिरहदा दुई पटक गोलि चलेको आवाज आएको थियो भने आबे रगतले छतपतिदै ढल्न पुगेकाथिए ।
यो घटना शुक्रबार विहान करिब ११ तिस बजे घटना पुगेको थियो ।
प्रहरीले गोली प्रहार गरेको आरोपमा नारा निवासी ४१ बर्षिय तेत्सुया यामागामी नाम गरेका मानिषलाई प्रकाउ गरेको छभने उनलाई कडासुरक्षा विच सोधपुछ जारी रहेको समाचार श्रोतहरुले बताएका छन । यामागामी पूर्व समुद्री आत्मरक्षक सेनामा कार्य गरिएको बुझिएकोछ ।
पूर्व प्रधानमन्त्री आबेलाई गोली प्रहार गरिएको पेस्तोल घरमा नै बनाईएको पाईएको छ ।
आबेलाई चिन्ता जनक अवस्थामा विशेष निगरानी सगित नारा शिक्षण मेडिकल अस्पतलमा थप उपचार भईरहेको छ ।
पूर्व प्रधानमन्त्री आवेलाई के कारणले गोलि हानिएको त्यसको कारण अझै स्पष्ट हुन सकेको छैन ।