टोकियो
जुलाई महिनाको पहिलो हप्ताबाट बढन थालेको कोरोना संक्रमण जुलाई ६ मा आईपुग्दा एकै दिन ४५ हजार भन्दा बढीलाई संक्रमित बनाएको समाचार छ ।
विज्ञहरुले पत्ता लगाएको कोरोना ओमिक्रोन स्टेनको “BA:5” नाम दिईएको नयां भेरियान्टको कोरोनाका कारण संक्रमणमा बृद्दी भएको हुन सक्ने अनुमान गरिएको छ ।
जुलाई ६ तारिक बुधबार टोकियो महानगरमा पनि कोरोना संक्रमण ८ हजार ३ सय ४१ जनामा संक्रमण देखिएको छभने जापानको हरेक प्रान्तहरुमा पनि संक्रमण हुनेको सख्यामा उलेख्य बृद्दी भएको छ ।
जापानको अस्पताल, क्लिनिकहरुमा ज्वरो, रुघा र खोकि लागेका विरामीहरु एक हप्ताबाट ७० प्रतिशत सम्म बढेको बताईएको छ । ति विरामी भएका अघिकांसलाई कोरोना संक्रमण भएको पाईएको एनएचके अनलाईनले जनाएको छ ।