जापानको हिरोसिमामा रेलको लिगमा अडकिएका २ जना वृद्धाहरुको ज्यान बचाएको भन्दै ३ नेपाली विद्यार्थीहरु जापान प्रहरीद्वारा सम्मानीत

टोकियो

जापानको हिरोशिमा प्रान्तको खाईता सहरमा रेल्वे लिकमा एडकिएका २ बृद्ध दम्पतीलाई लिक पार गर्न सघाएको भन्दै ३ नेपाली विद्यार्थीहरु प्रहरीद्वारा सम्मानीत भएका छन् ।

रेलको लिगमा अडकिएका महिलाले वचावका लागि अनुरोध गरेको आवाज सुनेपछि नेपाली विद्यार्थीहरु सचिन,सुमन र निरज गई ७० वर्ष उमेर समूहका वृद्ध जोडीलाई रेलमार्गको ट्र्याकमा फसेकालाई सकुशल बाहिरा निकालेको समाचारमा बताईएको छ ।

केहि मिनेट मात्रै ढिला भएको भएपनि उनिहरुको ज्यान जानसक्ने थियो ।

तिन नेपाली बिद्यार्थीहरु भाषा बिद्यार्थीको भिषामा केहि हप्ता पहिले मात्र जापान आएको बुझिएको छ ।

ताजा समाचार