टोकियो
हिजो सांझ आशिंक संचालन आएको केडिडिआईको नेटवर्क फेरी बन्द भएको छ ।
एयु, युक्यु तथा पोवोको नेट तथा फोन सेवादिने केडिडिआई हिजो विहान करिब २ बजेबाट बन्द हुन पुगेको थियो । हिजो कम्पनीले सूचना जारी गर्दै समस्या पत्ता लागेको जनाउदै आज बिहान ७ः१५ बजेबाट ९ बजे भित्र सेवा संचालन हुने जनाएको भएपनि अझै संचालनमा आउन सकेको छैन ।
आज पनि नेटवर्क देखाउन छाडेको छभने नेटपनि बन्द हुन पुगेको छ। जापानमा लगारतार बन्द पछि केडिडिआई सेवाका बारेमा आलोचना शुरु भएको छ । केडिडिआईले सेवा प्रदान गर्न नसकेको भन्दै प्रयोगकर्ताहरुलाई अब क्षतिपुर्तिबारे चर्चा शुरु भएको छ ।