अझै संचालनमा आउन सकेन केडिडिआईबाट संचालन भएको एयू र यूक्यु फोन र ईन्टरनेट

टोकियो

हिजो मध्यरातीबाट टेलिफोन र ईन्टरनेट सेवा संचालनमा अवरोध आएको केडिडिआईबाट संचालित एयू र यूक्यु फोन र ईन्टरनेट आज मध्यदिन सम्म पनि संचालनमा आउन सकेको छैन ।

केडिडिआई संचार गृहबाट संचालित मोबाईल फोन र ईन्टरनेट टावरहरुमा समस्या देखिएको भन्दै सेवा दिन नसकेको केडिडिआईले सेवाहरु संचालन गर्न नसकेको हो ।

बिदाको दिन त्यसैमाथि अत्याधिक गर्मिले फोन र ईन्टरनेट संचालनमा आउन नसक्दा केडिडिआईको सेवाको बारेमा आलोचन हुने अनुमान गरिएको छ ।

ताजा समाचार