टोकियो
जापानमा गर्मीले हरेक दिन नयॅा नयॅा रेकर्ड कायम गर्दै गईरहेको छ ।
शुक्रबार गर्मीले बिरामी हुनेको सख्या बढिरहँदा छभने, तोत्तोरी प्रिफेक्चरमा आज एक जनाको गर्मीका कारण मृत्यु भएको बताईएको छ ।
दिउँसो ३ः३० बजेसम्म अधिकतम तापक्रम रहेका स्थानहरु
▽ 40.2 डिग्री कोशु शहर, यामानाशी प्रिफेक्चर,
▽ 40.1 डिग्री हातोयामा टाउन, साईतामा प्रिफेक्चर,
▽ कुमागाया साईतामा प्रिफेक्चर र ताजिमी गिफु प्रान्तमा 40 डिग्री
▽ 39.9 डिग्री सानो, तोचोगी प्रिफेक्चर,
▽ टोयोटा सिटी, आइची प्रिफेक्चरमा ३९.८ डिग्री,
▽ नागोया ३८.४ डिग्री,
▽ ओसाका ३८.२ डिग्री,
मापन गरिएको थियोभने राजधानी टोकियोमा ३७ डिग्री सेल्सियस मापन गरिएको एनएचके अनलाईनले जनाएको छ ।
उच्च गर्मीलाई मध्यनजर गर्दै स्थानीय सरकारहरुले मानिसहरुलाई सकेसम्म बाहिर ननिस्किन तथा वातानुकूलित स्थानहरुमा बस्नको लागि आग्रह गरेका छन् ।