भानु जयन्तीको अवशरमा अनेसास जापानले तीन स्रष्टाका तीन पुस्तक टोकियोमा एक साथ विमोचन गर्ने 

टोकियो

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानले ६३ औँ नियमित साहित्य शृङ्खलालाई तथा २०९औँ भानु जयन्तीको अवसर पारेर  शिक्षा रसाहित्यको क्षेत्रमा क्रियाशील तीन स्रष्टाका तीन कृतिहरू विमोचन गर्ने भएको छ।

 कार्यक्रममा साहित्यकार एवं अनेसास जापानका महासचिव समेत रहेका कवि शरद पोख्रेलको कविता सङ्ग्रह ‘मरुभूमिमा डुङ्गा’कोजापान विमोचन हुँदैछ। त्यस्तै संस्थाका सल्लाहकार समेत रहेका प्रदीप थापाको प्रवासमा रहेका नेपाली वालवालिकालाई नेपाली भाषासिकाइको सहयोगी पुस्तक ‘अक्षरारम्भ’ तथा लामो समयदेखि लेखनमा क्रियाशील स्रष्टा हरिश कल्पितको ‘ग्याब्रिएले’ कथा सङ्ग्रहपनि एकैसाथ विमोचन गरिने अनेसास जापानका अध्यक्ष रविन शर्माले जानकारी दिएका हुन । 

कार्यक्रममा तीन पुस्तकका लागि तीन छुट्टा छुट्टै वक्ताहरूले पुस्तकप्रतिको आ आफ्नो टिप्पणी समेत राख्ने र उपस्थित सहभागीहरूबाटरचना वाचनसमेत गरिने भएको छ ।

ताजा समाचार