कावासाकी वुल्सको आयोजनामा हुने भेट्रान्स गोल्ड कप यस बर्ष जुलाई १७ मा हुने, तयारी तिब्र

टोकियो

जापानमा क्रियासील कावासाकी वुल्सको आयोजनामा गत वर्षदेखि सन्चालित भेट्रान्स गोल्ड कप जुलाई १७ आईतबार हुने भएको छ ।

३५ बर्ष उमेरमाथीका खेलाडीहरुको प्रतियोगिता भए तापनि गत सिजन जस्तै प्रत्येक टिमले २ जना ३५ वर्ष नपुगेका र ३० बर्ष कटेको खेलाडी टिममा समावेश गर्न पाईने छ । पुरस्कार राशीमा गत सिजन भन्दा केहि वृद्धि गरेको क्ल्वका अध्यक्ष मिथुन गुरुङले वताए।

पहिलो संस्करण सभ्य र भव्य तवरले समापन भएकोले सोहि सफलतालाई उर्जाको रुपमा लिंदै दोस्रो संस्करणको तयारीमा जुटेको उपाध्यक्ष एवं कार्यक्रम संयोजक कुल गुरुङले वताए । ३५,००० येन प्रवेश शुल्क रहेको प्रतियोगिताको विजेता टिमले २३३,३३३ येन नगदको साथै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उप-विजेता टिमले १२२,२२२ येन नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् यसैगरी विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पनि ५,००० येन नगद प्रतिव्यक्ति पुरस्कारको व्यवस्था गरिएको छ भने सर्वोत्कृष्ट खेलाडीको लागि १०,००० येन नगद पुरस्कारको व्यवस्था रहेको छ । त्यसैगरी उत्कृष्ट र अनुशासित टिमलाई विशेष ट्रफी पुरस्कारको व्यवस्था रहेको सचिव दिनेश गुरुङले वताए ।

पहिलो सिजनमा सहभागिता जनाई सहयोग गर्ने विभिन्न फुटवल टिम/क्लवहरुलाई जुलाई ९ तारिख सम्म आ-आफ्नो टिम दर्ता गरिदिन आयोजकले अनुरोध गरेको छ ।

ताजा समाचार